पार्टी काममा फर्किइन् विन्दा पाण्डे
विदुर खबर
२०८२ साउन ७ गते २२:४२

Advertisements

नुवाकोट । व्यापारीको दानमा केन्द्रीय कार्यालय भवन लिने निर्णयविरुद्ध लेखे बोलेबापत निलम्बनमा परेकी नेकपा एमाले स्थायी कमिटी विन्दा पाण्डे पार्टी काममा फर्किएकी छन् ।

आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै पाण्डे पार्टी काममा फर्किएकी हुन् । गत ११ असारको सचिवालय बैठकले पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निम्बलन फुकुवाको निर्णय गरेको थियो ।
यद्यपि औपचारिक जानकारी नपाएको भन्दै पार्टीको बैठकहरुमा सहभागी भएकी थिइनन् । २–३ साउनमा चलेको पोलिटब्यूरो र हिजो सुरु भएको केन्द्रीय समिति बैठकमा अनुपस्थित थिइन् ।
Advertisement
तर महासचिव शंकर पोखरेलले निलम्बन फुकुवाको निर्णय भइसकेको र वेवसाइडमा रहेको निलम्बन प्राविधिक समस्या मात्र रहेको बताएपछि पाण्डे आजको बैठकमा सहभागी भइन् ।

पाण्डेका अनुसार अब उनी पार्टी जिम्मेवारी लिएर काम थाल्ने छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया