तादी खोलामा पौडी खेल्न गएका युवक मृत अवस्थामा भेटिए
नुवाकोट । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् ।

शुक्रवार दिउँसो साढे ४ बजे दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ गौडापुलस्थित तादी खोला छेउमा रहेको दहमा पौडी खेल्ने उनी बेपत्ता भएका थिए ।
उनलाई आज विहान बालकुमारी भ्याङलेस्थित तादी खोला किनारमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ३ वस्ने १८ वर्षिय उत्सव श्रेष्ठ पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
उनको शुक्रवारदेखि नै प्रहरी र स्थानियबासीले खोजी गरेपनि शनिवार विहान उनलाई मृत अवस्थामा फेला परेका हुन् ।
मृतक श्रेष्ठको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा ल्याइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया