नुवाकोटका तीनजना लागुऔषधसहित पक्राउ

विदुर खबर २०८२ साउन १ गते १७:३१

नुवाकोट । नुवाकोटका तीनजना काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्नको अरोपमा पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरुमा म्यागङ गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय कमलबहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ र २९ वर्षिय उग्रेन लामा लामा रहेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट एम्फेटामाइन १५५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया