बागमती प्रदेशका मुख्यमन्त्री तामाङ बेलायत प्रस्थान
नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) बेलायत प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री लामा व्यक्तिगत कामको सिलसिलामा बुधबार त्यसतर्फ गएका हुन् । उनीसँग प्रमुख स्वकीय सचिव छत्र लामा पनि बेलायत गएका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयका अनुसार उनी एक साता बेलायत रहने छन् । भ्रमणका क्रममा आफन्त भेटघाट र नेपाली संघसंस्थाका कार्यक्रममा सहभागी हुने स्वकीय सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
यसैबीच बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठलाई दिएका छन् ।
व्यक्तिगत कामको सिलसिलामा देश बाहिर जाने भएकाले मुख्यमन्त्री लामा फर्कि नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया