दुप्चेश्वरका शेर्पा मृत अवस्थामा फेला

विदुर खबर २०८२ असार २१ गते २२:३२

नुवाकोट । यहि असार ३ गतेदेखि तादी खोलाबाट हराईरहेका एक जना मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

मृत अवस्थामा फेला पर्नेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ कुटुङखोलाका नोनो शेर्पा रहेका छन् ।

पौडी खेल्न जाने क्रममा बेपत्ता भएका उनको लास शुक्रवार विहान दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ टटलेस्थित तादी खोलाको बगरमा सढेर गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

शवको पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा लगिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया