नुवाकोटमा ईभी र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

नुवाकोट । नुवाकोटको विदुर १ ढुङ्गेमा ईभी माइक्रो र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १ का सोहन भनिने रोनिश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा काठमाण्डौको ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।
शनिवार विहान विदुर १ ढुङ्गेस्थित गल्छि–त्रिशुली सडक खण्डमा विदुरबाट त्रिशुलीतर्फ जादै गरेको बा ९३ प १८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा त्रिशुलीबाट बट्टारतर्फ आउदै गरेको बा.प्र.०६–००१ ज ०१३८ नम्बरको ईभी माइक्रो एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
र्दुघटनामा गम्भीर घाइते भएका उनको उद्दार गरी उपचारको लागि त्रिशुली अस्पताल पठाईएकोमा सामान्य उपचार थप उपचारको लागि ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाण्डौमा पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनापछि प्रहरीले ईभी चालक नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ घर भई हाल कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्बर १७ हिमालीटोल बस्ने यदु कुमार गिरीलाई सवारी साधनसहित नियन्त्रणमा लिएको छ ।
मोटरसाईकल तिव्र गतिमा रहेकोले र्दुघटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया