ढुङ्गेमा ईभी र मोटरसाइकल ठोक्किदा एक घाइते

विदुर खबर २०८२ असार २१ गते १२:४९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा मोटरसाईकल र ईभी माईक्रो एक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

Advertisement

त्रिशुलीबाट विदुरतर्फ आईरहेको ईभी माइक्रो र विपरित दिशातर्फ गईरहेको पल्सर मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् । उनको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

घाइतेको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया