किस्पाङले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गर्‍यो सम्मान

विदुर खबर २०८२ असार १८ गते २२:१७

नुवाकोट । किस्पाङ गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

Advertisement

गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका ७ विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा ज्ञानज्योती माविका वसन्त भट्ट (४ जीपीए) , पुजा न्यौपाने (३.९६) , प्रभा न्यौपाने (३.७८) , वसन्ती भट्ट (३.७७) र प्रल्हाद भट्ट (३.७५) रहेका छन् भने ऐंसेलु भुमे माविका संजिता न्यौपाने (३.९०) र त्रिभुवन माविका रोहित भट्ट (३.७४) रहेका छन् ।

Advertisement

४ जीपीए ल्याउने भट्टलाई एक थान ल्यापटप सहित सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । त्यस्तै ३.९+ जीपीए ल्याउने प्रभा र सजिता न्यौपानेलाई जनही १० हजार नगद पुरस्कार सहित सम्मान गरिएको उनले बताए । यस्तै ३.६ + जीपीए ल्याउने ४ जनालाई ५ हजार नगदसहित सम्मान गरिएको छ ।

उपाध्यक्ष न्यौपानेले शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गरिएको बताए । उपाध्यक्ष न्यौपानेले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए । उनले नतिजाले गाउँको सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको उल्लेख गरे ।

Advertisement

उपाध्यक्ष न्यौपानेले विद्यालयहरुको गुणस्तर वृद्धिको लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया