अपाङ्गता भएका व्यक्तिहरूलाई सिपमुलक तालिम

विदुर खबर २०८२ जेठ २६ गते ९:२४

नुवाकोट । अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासका लागि नुवाकोटको विदुरमा सिपमुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

Advertisement

सामाजिक विकास मन्त्रालय वागमति प्रदेशको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि तरकारी खेती तथा कृषि सम्बन्धि कार्यक्रम प्रदान गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय नुवाकोटको समन्वयमा भएको तालिमको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले समापन गरे । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै ठकुरीले सिप प्राप्त गरेपछि अपांगता भएकाहरुसमेत सिप विकास भएको वताए ।

Advertisement

उनीहरु पनि आयआर्जन र स्वरोजगारमा क्रियाशील हुन सक्ने क्षमता प्राप्त भएको ठकुरीले वताए । नुवाकोट बहिरा संघको आयोजनामा १५ दिनसम्म सो तालिम सन्चालन भएको थियो ।

बागमती प्रदेश सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा २२ जना अपाङ्गता भएका व्यक्तिहरुले तरकारी खेती तथा कृषि सम्बन्धि तालिम लिएको बहिरा सङ्घका अध्यक्ष बिक्रम घलेले जानकारी दिए ।

Advertisement

१२ जना सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति र १० जना अन्य अपाङ्गता भएका व्यक्तिहरुले तालिम लिएको उनले बताए । तालिम समापनमा विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थ र कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनाललगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम समापन पश्चात् कृषिऔजार, बीउ र आवश्यक अन्य सामग्री वितरण गरिएको थिया । तालिममा कृषि विकास कार्यालयका रामकृष्ण विश्वकर्माले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया