नुवाकोटमा रासायनिक मलको अभाव

विदुर खबर २०८२ जेठ १३ गते १५:३४

नुवाकोट । नुवाकोटमा रासायनिक मलको चरम अभाव भएको छ ।

Advertisement

खेत  वारीमा लगाइएका अन्न तथा मकैवालीमा रासायनिक मल राख्न नपाउंदा नुवाकोटका किसानहरु मर्कामा परेका छन् । मकै, धान तथा तरकारी वालीमा युरियालगायतका मल राख्न नपाउंदा किसानहरु निकै चिन्तित भएका हुन् ।

१२ स्थानीय तह रहेको नुवाकोटमा अहिले किसानहरुलाई युरिया मल आवस्यक रहेको छ । तर, यहि मलको चरम अभाव भएको गुनासो किसानहरुको छ । युरिया मलको चरम अभाव हुँदा किसान समस्यामा परेको किसानहरु बताउँछन् । किसानका लागि जिम्मेवार रुपमा सरोकारवाला निकाय प्रस्तुत हुन नसकेको किसानहरुको गुनासो रहेको छ ।

Advertisement

नुवाकोटको अधिकांश स्थानमा यतिखेर खेतमा रोपिएका मकै, तरकारी र धानमा रासायनिक मल राख्ने वेला भएको छ । तर, किसानहरुले पाउन सकेका छैनन् ।

‘मकै, चैते धान, तरकारी बालीका लागि अहिले युरिया मलको अत्यधिक माग रहेको छ,।’ अगस्तीले भन्नुभयो, ‘मलको अभावमा मकै बाली नै बिग्रने चिन्ता भएको छ, मकै बालीमा सिंचाईपछि युरिया मल राख्ने समय बित्दो अवस्थामा छ, किसानले खोजेको बेलामा मल पाउन सकेका छैनन् ।’

Advertisement

सम्वन्धित निकायले वेलैमा मल ल्याउन नसकेका कारण युरिया मलको अभाव भएको हो । मकैका लागि मल राख्ने सिजन वित्न लागिसक्यो । तर, मल पाइन् तारुकाका किसान रामप्रसाद पनेरुको पनि एउटै स्वर छ ।

नुवाकोटमा युरिया मलको माग उच्च भएपनि आवस्यकता अनुसार मल उपलब्ध हुन सकेको छैन । बालीमा लगाउने बेला मल नपाएपछि किसानहरू निकै तनावमा रहेको छन् ।

नुवाकोटमा १२ हजार हेक्टर क्षेत्रफलमा धान र १५ हजार हेक्टर क्षेत्रफलमा मकै खेति गरिदै आएको छ । किसानहरुलाई प्रतिहेक्टर नौहजार मेट्रिक टन रासायनिक मल आवस्यक पर्ने कृषि प्राविधिकहरु वताउंछन् ।

माग र आवस्यकता अनुसार रासायनिक मल नआउने गरेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । आजस्यकता भन्दा निकै कम मात्र मल आउने गरेका कारण किसानले थोरै मल पाउने गरेको गुनासो आएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिए ।

नुवाकोटका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय त्रिशूली र साल्ट ट्रेडिङ शाखा नुवाकोटले रासायनिक मल दिँदै आएको छ ।

किसानलाई मलको अभाव भएको सम्वन्धमा कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूलीले माग धेरै र कोटा थोरै भएका कारण किसानहरुलाई माग अनुसारको मल उपलवध हुन नसकेको जनाएको छ ।

प्रतिक्रिया