नुवाकोटमा २५६९ औ बुद्धजयन्ती मनाइयो

विदुर खबर २०८२ वैशाख २९ गते २०:५०

नुवाकोट । नुवाकोटमा २५६९ औ बुद्धजयन्तीको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement

दिवसको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटमा रहेको लिच्छविकालिन स्वयम्भु माहाचैत्य र विदुरमा रहेको बुद्धको मुर्तिमा माल्याणपण गरिएको छ ।

दिवसको अवसर पारेर बृद्धको मुर्तिमा माल्याणपर्ण सहित पुजापाठ गरिएको विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए ।

Advertisement

कार्यक्रममा बुद्धको महिमावारे जानकारी दिनुका साथै बुद्धको मूर्ति राखी ¥र्याली सहित पुजा आराधाना गरिएको वडाध्यक्ष कायस्थ्यले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै बिदुर नगरपालिकाकी उप–प्रमुख प्रभा बोगटीले गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदान अतुलनिय रहेको बताइन् । यस्तै वडाध्यक्ष कायस्थ्यले शान्तिका दूत गौतम बुद्ध रहेकोले सबैजनालाई बुद्धको अनुसरण गरी बुद्धले देखाएको बाटोमा हिँड्नुपर्ने बताए ।

Advertisement

कार्यक्रममा वडा सदस्यहरुसहित स्वयम्भु महाचैत्यका अध्यक्ष गौतममानसिंह डंगोल लगायत स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न धर्मावलम्बी, बौद्ध विद्वान् तथा समुदायका प्रतिनिधिहरूले सहभागिता जनाएर गौतम बुद्धको शिक्षा र दर्शनलाई समर्पित भएका थिए ।

हरेक वर्ष नेपालमा मात्र नभई विश्वमै प्रत्येक वर्ष वैशाख शुक्ल पुर्णिमाका दिन बुद्धजयन्ती मनाउदै आइएको छ ।

प्रतिक्रिया