नुवाकोटमा २५६९ औ बुद्धजयन्ती मनाइयो
नुवाकोट । नुवाकोटमा २५६९ औ बुद्धजयन्तीको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटमा रहेको लिच्छविकालिन स्वयम्भु माहाचैत्य र विदुरमा रहेको बुद्धको मुर्तिमा माल्याणपण गरिएको छ ।
दिवसको अवसर पारेर बृद्धको मुर्तिमा माल्याणपर्ण सहित पुजापाठ गरिएको विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए ।
कार्यक्रममा बुद्धको महिमावारे जानकारी दिनुका साथै बुद्धको मूर्ति राखी ¥र्याली सहित पुजा आराधाना गरिएको वडाध्यक्ष कायस्थ्यले बताए ।
कार्यक्रममा सम्बोधन गर्दै बिदुर नगरपालिकाकी उप–प्रमुख प्रभा बोगटीले गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदान अतुलनिय रहेको बताइन् । यस्तै वडाध्यक्ष कायस्थ्यले शान्तिका दूत गौतम बुद्ध रहेकोले सबैजनालाई बुद्धको अनुसरण गरी बुद्धले देखाएको बाटोमा हिँड्नुपर्ने बताए ।
कार्यक्रममा वडा सदस्यहरुसहित स्वयम्भु महाचैत्यका अध्यक्ष गौतममानसिंह डंगोल लगायत स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न धर्मावलम्बी, बौद्ध विद्वान् तथा समुदायका प्रतिनिधिहरूले सहभागिता जनाएर गौतम बुद्धको शिक्षा र दर्शनलाई समर्पित भएका थिए ।
हरेक वर्ष नेपालमा मात्र नभई विश्वमै प्रत्येक वर्ष वैशाख शुक्ल पुर्णिमाका दिन बुद्धजयन्ती मनाउदै आइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया