सातौँ खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न

विदुर खबर २०८२ वैशाख २७ गते १९:०८

नुवाकोट । ‘सातौँ खुल्ला लोक नृत्य प्रतियोगिता’ शुक्रवार नुवाकोटमा सम्पन्न भएको छ ।

Advertisement

नुवाकोटबाट प्रकाशन हुदै आएको सुन्दरादेवी सन्देश साप्ताहिक र स्पार्कल इन्टरनेशनल स्कुलको संयुत्त आयोजना तथा सुजिम बजारको मुख्य प्रायोजकमा सातौँ खुल्ला एकल र सामूहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले नगरपालिकाको एउटै उदेश्य जनतालाई आयआर्जनको माध्यमबाट स्वदेश मै बस्ने वातावरण बनाउने अभियान रहेको बताए । उनले लोक निृत्यजस्ता सांसकृति कार्यक्रमले जिल्लाको समग्र कला र संस्कृतिको क्षेत्रत्रमा योगदान दिने बताए ।

Advertisement

नगरप्रमुख श्रेष्ठले नगरपालिकाले खेल र संस्कृतिको माध्यमले जनताहरुलाई प्रवर्दन गरिरहेकोले यस्ता कार्यक्रममा आफ्नो निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए ।

यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिराम भण्डारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ , पत्रकार महासंघ बाग्मति प्रदेशका पुर्व सभापति शिव देवकोटा,लगायतले कला र संस्कृतिको माध्यमबाट जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन हुने बताए ।

Advertisement

आयोजक सुन्दरादेवी सन्देश साप्ताहिकका प्रबन्ध निर्देशक किरण अधिकारीले सरोकारवाला निकायहरुको सहयोग पाएमा आगामी दिनमा नुवाकोटमा यस्ता सांस्कृतिक कार्यक्रम निरन्तर गर्ने बताए । स्थानिय तहको सहयोग पाएमा जिल्लामा एकैपटक ७ सयभन्दा बढीको राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको उपस्थितिमा अवार्ड कार्यक्रम गर्ने अधिकारीले बताए ।

कार्यक्रममा नुवाकोट निर्माण व्यवसायी संघका पुर्व अध्यक्ष सुमन अधिकारी, सामाजसेवी रामराजा भण्डारी, नेपाली कांग्रेस विदुर नगरपालिकाका सभापति हरिलाल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

यस्तै कला र संस्कृतिको जगेर्ना गर्न सहयोग पुराएको भन्दै जिल्लाका विभिन्न संचारमाध्यम र पत्रकारहरुलाई सम्मान गरिएको थियो । यस्तै कला र संस्कृतिको जगेर्ना गर्न सहयोग पुराएको भन्दै जिल्लाका विभिन्न संचारमाध्यम र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार सारिका घिमिरे तथा म्हेन्दोमाया र स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया