बाग्मति प्रदेश मुख्यमन्त्रि कपको उपाधिको एपिएफले उचाल्यो

विदुर खबर २०८२ वैशाख २० गते १८:४३

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेश मुख्यमन्त्रि कप रााष्ट्रिय महिला फुटवल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले हात पारेको छ ।

Advertisement

आज नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न भएको खेलमा एपिएफ क्लबले अर्काे विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै एपिएफले उपाधिमाथि कब्जा जमाएको हो ।

एपिएफलाई उपाधि दिलाउन अतिरित्त समयको चौथो मिनेटमा अनिता केसीले गोल गोल गरेकी थिइन् । खेलको म्यान अफ दी म्याच निर्णायक गोल गर्ने केसी नै घोषित भइन् ।

Advertisement

प्रतिोगिताको उपाधि विजेता एपिएफले ५ लाख र उपविजेता पुलिसले दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त हात पारे । प्रतियोगिताको विजेता तथा उप विजेताहरुलाई नेपाली कांग्रेसका प्रवत्ता तथा पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतले मेडल र ट्रफी र प्रमाणपत्र वितरण गरे ।

प्रतियोगिताको उदयीमान खेलाडी पुलिस क्लबका शाहारा लिम्बु घोषित भइन् । यस्तै उच्च गोलकर्ता एपिएफकी अनिता केसी, उत्कृष्ट गोलरक्षक एपिएफकै अञ्जना रानामगर र उत्कृष्ट प्रशिक्षक एपिएफकै जीवेश पाण्डे घोषित भए । उनीहरुले जनही नगद १० हजार रुपैयाँ हात पारे ।

Advertisement

यस्तै प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी एपिएफकै रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ हात पारिन ।

खेलकुद विकास समिति नुवाकोटद्धारा आयोजित प्रतियोगितामा विभिन्न ८ ओटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया