विदुरकी कान्छी तामाङ नहरमा मृत फेला
विदुर खबर
२०८२ वैशाख १५ गते २०:५१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ खानीगाउँकी कान्छी तामाङ नहरमा मृत भेटिएकी छिन् ।

उनी विदुर १२ गौरीवेशिस्थित नहरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
शनिवार दिउँसो ३ बजेतिर छोरीको घर जान्छु भनेर हिँडेकी उनी सम्पर्कमा नआएपछि आफन्तले खोज तलास गर्ने क्रममा गौरीबेशिस्थित कफी पाल्टेक नहरको छेउमा उनले लगाएकोे चप्पल,झोला र लठ्ठि फेला परेको थियो ।
उनको कपडा, लौरो र झोला भेटिएको खबर पाउने बित्तिकैप्रहरी चौकी देविघाट र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले खोजी गर्दा उनको शव सोमवार दिउँसो हराएकै स्थानबाट ५ सय मिटर पर भेटिएको थियो ।
उनको शव पोष्टर्माटमको लागि त्रिशुली अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया