टिप्परको ठक्करबाट नुवाकोटका भट्टराईको मृत्यु
विदुर खबर
२०८२ वैशाख ११ गते २०:५४
नुवाकोट । टिप्परको ठक्करबाट नुवाकोटको एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल टोखा नगरपालिका लोकतान्त्रिक चोक बस्ने करिब ४० वर्षीय माधव भट्टराई रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ काठमाडौंको महाराजगञ्जमा टिप्परको ठक्करबाट रा १ ख २६२२ नम्बरको टिपरले बा६२प ८८४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भट्टराई घाइते भएका थिए ।
उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो ।
टोखा नगरपालिका-७ सामाखुशी प्रहरी पेट्रोल पम्प अगाडिको सडक खण्डमा बुधबार साँझ उक्त टिपरले भट्टराई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
Advertisement
प्रहरीका अनुसार दुवै सवारीसाधन ट्राफिक प्रहरी प्रभाग तिलिङगेटारको नियन्त्रणमा रहेको छ भने टिपर चालकलाई भने प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया