डेढ करोडको बैंकिङ कसुर मुद्दामा नुवाकोटका तामाङ पक्राउ
नुवाकोट । बैंकिङ कसुर मुद्दामा फरार रहेका नुवाकोटका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ४ का घर भई हाल काठमाडौं, नागार्जुन नगरपालिका–६ रामकोट बस्दै आएका ३६ वर्षीय बिराज तामाङ छन्।
तामाङलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरीका आधारमा दायर भएको बैकिङ कसुर मुद्दामा उनी फरार रहेका थिए।
उनलाई अनुसन्धानका लागि महाराजगन्ज प्रहरी वृत्तमा पठाइएको छ। उनीविरूद्ध एक करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको बिगो रहेको छ।
प्रहरी अभिलेख अनुसार तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा नौ वटा मुद्दा दर्ता छन्, जसमा बैकिङ कसुरसँग सम्बन्धित आर्थिक अपराधहरू समेटिएका छन्।
प्रहरीले तामाङलाई अदालतसमक्ष पेस गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो
झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित





प्रतिक्रिया