तारकेश्वरको नेवारपानीमा बृहत स्वास्थ्य शिविर सम्पन्न
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ मा रहेको नेवारपानीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लक्ष्मी फाउन्डेसनको आयोजना तथा तारकेश्वर ४ नम्बर वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न भएको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रामकाजी थापाले जानकारी दिए ।
स्वास्थ्य शिविरमा झण्डै २ सय ६० जनाको स्वास्थ्य परिक्षण गरिनुको साथै उनीहरुलाई निशुल्क औषधी वितरण समेत गरिएको लक्ष्मी फाउन्डेसनका अध्यक्ष समान्थम वगेनर जानकारी दिइन् ।

स्वास्थ्य शिविरमा हाडजोर्नी,स्त्रीरोग, सुगर, प्रेसर र नसा रोगसम्बन्धी चेकजाँच गरिएको थियो । स्वास्थ्य शिविरमा चेकजाँचको लागि आएका अधिकांशमा हाडजोर्नी सम्बन्धि समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

लक्ष्मी फाउन्डेसनका अध्यक्ष वगेनर विगत लामो समयदेखि आफुहरुको संस्था विभिन्न सामाजिक काममा सक्रिय रहेको भन्दै आगामी दिनमा पनि नेवारपानीका स्थानियको माग र चाहना वमोजिमको सामाजिक काम गरिरहने प्रतिबद्धता व्यत्त गरे ।
स्वास्थ्य शिविरमा ७ जना डाक्टर र नर्स तथा ५ जना फार्मेसीष्टले सहजीकरण गरेका थिए ।

कार्यक्रममा तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस





प्रतिक्रिया