नुवाकोट जेसिसको ११ औँ पदस्थापना कार्यक्रम सम्पन्न
नुवाकोट । नुवाकोट जेसिसको ११ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ ।

संविधानसभा सदस्य राज्य लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यमा ११ औं पदस्थापना एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । संविधानसभा सदस्य पाण्डेले जेसिसको नीतिबाट राजनीतिक पार्टीहरुले धेरै सिक्नुपर्ने भन्दै जेसिसका विधानको प्रशंसा गरेका थिए । उनले राजनितिक नेतृत्वमा जेसिसको जस्तै सहज नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले जेसिसको विधिको प्रशंसा गरेका थिए । उनले जेसिसमा जोडिएका युवाहरुलाई स्थानिय सरकारसँग असकार्य गरेर अघि बढ्न आग्रह गरे ।

यस्तै विदुर नगरपालिका वडा नमबर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले युवाहरुको सामाजिक ,आर्थिक र भौतिक विकासमा जेसिसको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस नुवाकोटका पुर्व सचिव सुरेन्द्र अधिकारी, महासमिति सदस्य गिता अमात्य, जिल्ला समन्वय समिति नुवाकोटका सदस्य सम्झना सेढाइ र नुवाकोट जेसिसका पुर्व अध्यक्ष नमराज सुवेदी लगायतलेजेसिसमार्फत युवाहरूलाई नेतृत्व विकास, सीपमूलक ज्ञान, र सामाजिक भावना जागृत हुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
नुवाकोट जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई थप शशक्त र सुदृढ बनाउँदै लैजाने बताएका थिए ।
निवर्तमान अध्यक्ष अरुणराज पाठकले आफ्नो नेतृत्व वर्ष २०२५ का लागि नुवाकोट जेसिसबाट निर्वाचित अध्यक्ष जेसी हिमन रिमाललाई हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

सपथपछि जेसिस वर्ष २०२५ का अध्यक्ष रिमालले आफु कुराभन्दा काम बढी गर्ने व्यक्ति भएकोले काम गरेर देखाउने बताए । यस्तै नुवाकोट जेसिस वर्ष २०२४ का अध्यक्ष अरुण पाठकले आफू सदैव नुवाकोट जेसिससँग सहकार्य गरेर अघि बढ्ने बताए ।
कार्यकारिणी उपाध्यक्षद्वय जीवन तामाङ र प्रल्हाद पौडेल, महासचिवमा किशोर अर्याल, कोषाध्यक्ष शनिस अधिकारी, प्रमुख सल्लाहकारमा नमराज सुवेदी, कानुनी सल्लाहकारमा सुमन भण्डारी,टेनिङ्ग कोअडिनेटर भरत भट्ट, मेम्बरसीप कोअडिनेटर प्रल्हाद घिमिरे, उपाध्यक्षहरु क्रमसः सुकुमान तामाङ, शिवराम ढकाल, अस्मिता खनाल र सुरेन्द्र ढकाललाई अध्यक्ष हिमन रिमालले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।
कार्यक्रममा यस क्षेत्रका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , राजनितिक दल , समाजसेवि , बुद्धिजिवी , जेसिजको छिमेकी शाखाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया