नुवाकोटको तारकेश्वरमा बसले किचेर एक जनाको मृत्यु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ छापडाँडाँमा वसले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्व गाउँपालिका वडा नम्बर १ की ३६ वर्षिय मञ्जुमाया तामाङ रहेको तारकेश्वर गाउँपालिका वडा नम्बर १ का पुर्ववडाध्यक्ष दयानिधि अधिकारीले जानकारी दिए ।
बुधवार दिउँसो ५ बजेतिर काठमाण्डौबाट लर्केपतर्फ जाँदै गरेको नमस्ते पासाङल्हामु यातायात प्रालिको बा २ ख ६८०४ नम्बरको वसले उनलाई उनलाई किचेको स्थानियले बताएका छन् ।
बसबाट ओर्लेर वसका सहचालकmाई पैसा तिररहेका श्रीमानलाई कुरीरहेकी उनलाई बसको पाङ्ग्राले किचेको बताइएको छ । वसले किचेपछि उनको खुट्टादेखि ढाडसम्म गम्भीर चोट लागेको थियो ।
शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको उनको बाटोमै मृत्यस भएको थियो । मृतक तामाङको शव अहिले त्रिशुली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले घटनाको दोषीलाई कारवाही हुनुपर्ने र पिडित परिवारलाई क्षतिपूर्तिको माग गरिरहेका छन् ।
अहिले पिडित परिवार, प्रशासन र वस समितिका पदाधिकारीविच छलफल भइरहेको छ । प्रहरीले वसका चालक मित्रवहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया