मोटरसाइकल र्दुघटनामा नुवाकोटका एकजनाको मृत्यु
विदुर खबर
२०८१ चैत २ गते १०:४४
नुवाकोट । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ मा शनिवार दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ महाकालीका रिवाज आचार्य छन् । प्रहरी वृत्त महाराजगन्जका अनुसार टोखा–१ फूलबारी गेटस्थित सडक खण्डमा मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
र्दुघटनामा अर्का मोटरसाइकल चालक भोजपुर २ घर भई हाल भक्तपुर डेरा गरी बस्ने २८ वर्षीय प्रदीप तिवारी घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया