बट्टार क्याम्पसको स्ववियु निर्वाचन स्थगित
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समितिका संयोजक पुर्ण बहादुर सडौलाले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको हो ।
क्याम्पस प्रमुख नारायणमान डंगोलले सूचना जारी गर्दै अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।
निर्वाचन समितिका संयोजक सडौलाले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै आईतवार राजीनामा दिएका थिए ।
क्याम्पस प्रमुख डंगोलले विवादित विषयहरुलाइ सहमतिमा टुङ्ग्याइ निर्वाचन समितिलाइ काम गर्न सहज वाताबरण बनाइएको अवस्थामा पनि निर्वाचन समितिले राजिनामा फिर्ता लिइ निर्वाचन प्रक्रिया अगाडी बढाउन असमर्थता जनाएकोले स्ववियु निर्वाचनको प्रक्रिया स्थगित गरिएको बताए ।
क्याम्पस प्रमुख डंगोलले प्राध्यापक कर्मचारीहरूको अर्को बैठकबाट समेत निर्वाचन समिति निर्माण गरि निर्वाचन प्रक्रिया अगाडी बढाउने प्रयत्न गर्दा समेत निर्वाचन समिति गठन हुन नसकेकोले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाइ अर्को निर्वाचन समिति गठन नहुदा सम्म स्थगित गरिएको बताए ।
निर्वाचनको विषयलाइ लिएर क्याम्पसमा असहज परिस्थिति उत्पन्न नहोस भन्ने अभिप्रायका क्याम्पसको संसोधिन विधान २०७७ को दफा १३ उपदफा १७ बमोजिम आगामी चैत्र ६ गते सम्मका लागि क्याम्पस बन्द गरिएको समेत क्याम्पस प्रमुख डंगोलले जानकारी दिए ।
क्याम्पस प्रशासनले प्रकाशित गरेको सुचना यस्तो

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया