नुवाकोट आर्दश बहुमुखी क्याम्पसको ३९ औ वार्षिक उत्सव सम्पन्न

विदुर खबर २०८१ फागुन २४ गते ७:३६

नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको ३९ औ वार्षिक उत्सव तथा अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।

Advertisement

वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका प्रवत्ता डा. प्रकाशशरण महतले नुवाकोटको विकासलाई आफुले सधैँ प्राथमिकतामा राखेको बताए । उनले नुवाकोट आर्दश बहुमुखी क्याम्पसलाई उच्चस्तरीय क्याम्पसको रुपमा विकास गर्नुपर्ने बताए । उनले पछिल्लो समय क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको भन्दै विद्यार्थीहरुको माग र आवश्यकता अनुसारको विषय पढाई हुनुपर्ने बताए ।

डा. महतले क्याम्पसलाई देशकै शैक्षिक हब बनाउन आफु तयार रहेको भन्दै जनसरोकारमा रहेका सबैले चासो र चिन्ता व्यत्त भएमा शैक्षिक गुणस्तर बढ्नुका साथै विद्यार्थी संख्या घट्ने बताए ।

Advertisement

यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति तथा बाग्मति प्रदेशसभाका सांसद रमेश महतले नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा विद्यार्थी बढाउन क्याम्पसलाई एक अध्ययन केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय क्याम्पसको पढाई सर्टिफिकेट हात पार्ने माध्यम मात्र बनेको भन्दै युग सुहाउँदो जनशत्ति उत्पादन थलो बन्नुपर्ने बताए ।

यस्तै विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले क्याम्पस किताबका अध्ययन मात्र नभई समाजका विषयहरुको पनि विद्यार्थीहरुले खोज्न र बोल्न सक्नुपर्ने बताइन् । उनले क्याम्पसको निरन्तर विकासको लागि विदुर नगरपालिकाले पनि साझेदारी गरेको उल्लेख गरिन् ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उप–सभापति राजु थापा, रााष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रामेशवर गजुरेल, क्याम्पस संचालक समितिका सदस्य प्रकाशचन्द्र ढुङ्गानाले पछिल्लो समय क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएकोले त्यसतर्फ सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको बताए ।

यस्तै क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको स्थापनाकालदेखि विभिन्न समस्या झेल्दै आजको अवस्थासम्म आएको बताए । उनले क्याम्पसको आम्दानीको स्रोत भनेकै विद्यार्थी शुल्क र सटर भाडा रहेको उल्लेख गरे । उनले क्याम्पसलाई आगामी दिनमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन कलेजको रुपमा विकास गरेर जिल्लाकै उत्कृष्ट शैक्षिक हब बनाउने बताए ।

यस्तै वार्षिकउत्सवमा क्याम्पसको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख नारायणमान डंगोलले २०४२ सालमा मानविकी संकायमा प्रमाणपत्र तहबाट अध्ययनको शुरुवात गरिएको क्याम्पसमा हाल एक हजार दुई सय ५० विद्यार्थी पुगेको बताए । क्याम्पसले स्थापना कालदेखि उत्कृष्ट नजिता हासिल गरिरहेको भन्दै आगामी दिनमा अझै बढी राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए ।

प्रतिक्रिया