नुवाकोटका तीनजना फरार प्रतिवादी पक्राउ

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत नुवाकोटले विभिन्न समयमा जरिवाना सजाय तोकी फरार रहेका तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी ब्रिकम लामाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आईतवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ का अमरबहादुर तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का बुद्धिमान तामाङ र लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका
मुनहरि मगर रहेका छन् ।
जसमध्ये अमरबहादुरलाई हातहतियार तथा खरखजाना शीर्षकमा जिल्ला अदालत नुवाकोटले ५ महिना ११ दिन कैद र २० हजार रुपैयाँ जरिमाना तोकेको थियो । यस्तै बुद्धिमान तामाङलाई पशुपंक्षी सम्बन्धि कसुरमा ८ महिना ८ दिन फैसला सुनाएको थियो । त्यस्तै चौघडाको मगरलाई सवारी ज्यान मुद्धामा एक महिना ६ दिन कैद र दुई हजार रुपैयाँ जरिमाना फैसला सुनाएको थियो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत नुवाकोटमा बुझाईएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया