ककनीका व्यवसायी विक्रममाथि रड प्रहार गर्ने लामा कारागार चलान
नुवाकोट । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा भारतबाट पक्राउ परेका एक आरोपी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
भारतबाट पक्राउ परेका नुवाकोट घर भएका अजय लामालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको सोमबारको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
लामासँगै भारतबाटै पक्राउ परेका अर्का प्रतिवादी दीपक बरामुलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो ।
उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो । जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
पक्राउ परेका अर्का प्रतिवादी सिजन अधिकारीलाई भने ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । पक्राउ परेका पदम राई र टीका भण्डारीलाई भने सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।
यो प्रकरणमा लक्ष्मी राई र रमेश सिलवाल दुई प्रतिवादी भने अझै फरार छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया