ककनीका व्यवसायी विक्रममाथि रड प्रहार गर्ने लामा कारागार चलान
नुवाकोट । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा भारतबाट पक्राउ परेका एक आरोपी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
भारतबाट पक्राउ परेका नुवाकोट घर भएका अजय लामालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको सोमबारको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
लामासँगै भारतबाटै पक्राउ परेका अर्का प्रतिवादी दीपक बरामुलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो ।
उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो । जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
पक्राउ परेका अर्का प्रतिवादी सिजन अधिकारीलाई भने ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । पक्राउ परेका पदम राई र टीका भण्डारीलाई भने सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।
यो प्रकरणमा लक्ष्मी राई र रमेश सिलवाल दुई प्रतिवादी भने अझै फरार छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया