वहु विवाह मुद्दाका दोषी जिलिङका तामाङ पक्राउ
विदुर खबर
२०८१ माघ १५ गते १०:५०
नुवाकोट । जिल्ला अदालत नु्वाकोटबाट वहु विवाह मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको साविक जिलिङ गाविस वडा नम्बर १ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ बस्ने सन्त बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा उनलाई सोमवार विदुर नगरपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत नुवाकोटमा बुझाईएको छ ।
उनलाई अदालतले वहुविवाहको मुद्दामा एक वर्ष जेल र ५ हजार रुपैयाँ जरिमाना तोकेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया