नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको नुवाकोटमा शिलान्यास
नुवाकोट। नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सुर्यमती र हेमवती नदीको संगम तादी दोर्खु दोभानमा निर्माण हुन लागेको नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको शनिबार शिलान्यास गरिएको छ।
पूर्व अर्थमन्त्री प्रकाश शरण महतले पुलको शिलान्यास गरेका हुन्। स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सदस्य कृष्ण प्र मिश्रका अनुसार उक्त पुलको कुल लागत भ्याट बाहेक ६ करोड ५८ लाख ५७ हजार रुपैयाँ रहेको छ। १५८ मिटर लम्बाइको यो पुल २०८३ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुल निर्माणपछि पर्यटकीय क्षेत्रले हराभरा नुवाकोटको पूर्वी भेगमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। साथै, यसले सर्वसाधारण नागरिक र किसानलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्नेछ।
यो पुलले नुवाकोटका तादी, पञ्चकन्या र दुप्चेश्वरका स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया