शुभ–प्रभात सहकारीको १७ औ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ ईन्द्रचोकमा रहेको शुभ–प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रलाल श्रेष्ठले देशमा आएको आर्थिक मन्दीका कारण संस्थाले गर्ने बचत तथा ऋण कारोवारमा चुनौती थपिदै गएको बताए ।
उनले दुई हजार ५ सयबाट शुरु गरेको संस्था शेयर पूंजी २०८१ असार मसान्तसम्म २ करोड एक लाख ७० हजार ३ सय पुगेको बताए । अध्यक्ष श्रेष्ठले नयाँ वर्ष २०८२ को शुरुवातबाटै संस्थाको कारोवार आफ्नै भवनबाट हुने समेत बताए । सहकारीले गत वर्ष अनुमान गरिएभन्दा केही न्युन निक्षेप संकलन गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै साधारणसाभामा २०८०/८१ को लेखा परिक्षण प्रतिवेदनका साथै आर्थिक वर्ष २०८१/८२ को अनुमानित आयव्यय र निति तथा कार्यक्रम प्रस्तुत गर्दै कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीले ८ लाख ६ हजार ६ सय ४ रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।
सहकारीले १९ करोड ५९ लाख ६८ हजार एकसय २३ रुपैयाँ निक्षेप संकलन गरि १४ करोड ८२ लाख ३९ हजा। ३ सय ७८ रुपैयाँ ऋण लगानी गरेको उनले बताए ।
सहकारीमा ३ करोड ३१ लाख ८१ हजार २ सय ४९ रुपैयाँ रहेकोले तरलता रकम पर्याप्त मात्रामा देखिएको छ ।
त्यस्तै साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दे लेखा सुपरिवेक्षण समितिका संयोजक रविन डंगोलले सहकारीले कर्मचारी प्रशासन नियमावली पारित गरि प्रयोगमा ल्याउन सुझाव दिए । उनले समस्याग्रस्त ऋण अशुलीमा विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिए ।
यस्तै ऋण उपसमितिका संयोजक विश्व प्रल्हाद श्रेष्ठले सहकारीले लगानी गर्दा विशेष ध्यान दिनुपर्ने बताए ।
साधारणसभाको अवसर पारेर सहकारीले भैरवी माध्यामिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्र कुशल भट्टलाई नगदसहित सम्मान गरेको छ ।
यस्तै सहकारीले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लागि अनुमानित आय व्यय र निति तथा कार्यक्रमहरु पास गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया