बुधसिंघाट कृषि सहकारीको तेह्रौँ बार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ बुधसिंघाटमा रहेको श्री बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका सभापति शरण राईको सभापतित्वमा तथा विदुर ३ का कार्यपालिका सदस्य साबित्री राईको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सचिव रामशरण वस्तीले आयव्यय प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार सहकारीको कुल पूँजी ३९ लाख ८५ हजार ३ सय २२ रुपैयाँ पुगेको छ ।
सहकारीले नियमित बचत तथा आवश्यक सानो सानो ऋृण प्रवाह गर्दै आईरहेकोले आवश्यक ऋणलाई आम्दानी हुने क्षेत्रमा लगाउनुपर्ने अध्यक्ष शरण राईले बताए । उनले सहकारीले कृषि, तरकारी खेती, पशुपालनमा स्थानीय तह, सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गर्दै आत्मनिर्भर वनेर दिगो बिकासमा टेवा पुग्ने कार्यक्रम गर्ने लक्ष्य राखेको बताए ।
सहकारीको माध्यमबाट समाजमा स–सानो रकम बचत गरि भबिष्यमा आईपर्ने समस्यामा केहि मद्दत पुग्ने र समान व्यवहार गरि दिगो बिकास गर्नुपर्ने संस्थाको सदस्य उषा श्रेष्ठले बताइन् ।
बि.सं. २०६८ मा स्थापना भएको सहकारीमा महिला ३२ पुरुष ५७ गरि ८९ जना शेयर सदस्य रहेका छन् । यस्तै सहकारीको संचालक समितिको रिक्त रहेको कोषाध्यक्ष पदमा दीपक ठकुरीलाई चयन गरिएको छ ।
कार्यक्रममा वडा सदस्य ईन्द्रप्रसाद अधिकारी, बाग्मति प्रदेश बिपद व्यवस्थापन बेस क्याम्प नुवाकोट प्रमुख गौरिशंकर साह, पुर्व शिक्षक हरिप्रसाद अधिकारी, चतुरमान तामाङ तथा जेष्ठ नागरिक लगायतको उपस्थिती रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया