एमाले नेता खड्काद्धारा सिटौलालाई एक लाख आर्थिक सहयोग
नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का अध्यक्ष शुशिल खड्काले पन्चकन्या गाउँपालिका वडा नम्बर ५ बान्द्रेका विरवहादुर सिटौलालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
घरबारविहिन भएका सिटौलालाई खड्काले पन्चकन्या गाउँपालिकाको दोस्रो अधिवेशनको उद्घाटन समारोहको अवसर पारेर नेपाल एमालेका नेता गोकुल बास्टकोटा, केशव पाण्डे र नुवाकोट जिल्ला अध्यक्ष बद्री मैनालीको रोहवरमा एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् ।
२०७२ सालको भुकम्पपछि आएको पहिरोको कारण घरमा क्षति भएपछि घरवारविहिन भएका सिटौला अहिलेसम्म पनि टहरामै बसीरहेको र आर्थिक अवस्था पनि अत्यन्तै नराम्रो रहेकोले सिटौलालाई सहयोग स्वरुप एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको नेकपा एमाले नुवाकोट क्षेत्र नमबर १ का अध्यक्ष खड्काले बताए ।
खड्काले आगामी दिनमा पनि गरिव, असहाय र विपन्न समुदायलाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै लामो समयदेखि टहरामा बस्दै आएका सिटौलाले खड्काको सहयोगले आफुलाई घर बनाउन सहज हुने बताए ।
उनले खड्काले आगामी दिनमा पनि सहयोगको प्रतिवद्धता व्यत्त गरेको भन्दै खुशी व्यक्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया