वडासदस्य थापाद्धारा विद्यार्थीहलाई न्यानो कपडा वितरण
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडासदस्य रामकाजी थापाले वडा नम्बर ५ मा रहेको भुमेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुको साथै न्यानो कपडा वितरण गरेका छन् ।
मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा वडा सदस्य थापाले विद्यालयका ४५ जना विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री र खेलकुद सामाग्री वितरण गरेका हुन् ।
उनले लक्ष्मी फाउन्डेसनको सहयोगमा हरेक वर्ष जिल्लाको विभिन्न विद्यालय पुगेर शैक्षिक, र खेलकुद सामाग्रीहरु वितरण गर्दे आईरहेका छन् । यस्तै असहाय,गरिव र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिरहेका छन् ।
झण्डै एक दशकदेखि सामाजिक कार्यमा सक्रिय बनेका थापाले यसअघि कोरोना महामारी र भुकम्पको समयमा जिल्लाको विभिन्न स्थानमा पुगेर आर्थिक, शैक्षिक र खाद्यान्न सहयोग गरेका थिए ।
आगमी दिनमा पनि विद्यालयहरुको माग र आवश्यकता हेरेर सहयोग गर्ने थापाले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया