धार्के-सितापाईला सडकको कालोपत्रे अन्तिम चरणमा
नुवाकोट । काठमाण्डौ प्रवेशका लागी पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा तीस वर्ष अघि ट्र्याक खोलिएको धार्के-सितापाईला सडकको कालोपत्रे गर्ने कामले तीस वर्ष पछि पूर्णता पाएको छ ।
धादिङको धार्के देखी काठमाण्डौको सितपाईलासम्मको २४ किलोमिटरमध्ये २२ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भईसकेको छ भने अब दुई किलोमिटर चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भएको सडक विभागले जनाइएको छ ।
यससँगै निर्माणाधीन अवस्थामा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग हुँदै सङ्घीय राजधानी प्रवेश गर्ने सवारीका साधनहरूको चाप निकै कम हुने छ भने ती राजमार्गहरूको रूपमा वैकल्पिक मार्गको रूपमा सवारीका साधनहरूले यो सडक प्रयोगमा ल्याउन सहज भएको छ ।
सडक स्तोरोन्नति सहित कालोपत्रे गर्न अहिले ठुलो खोला क्षेत्रमा बाँकी भएका स्थानमा धमाधम काम भईरहेको छ । पृथ्वी राजमार्गको धार्के बजारबाट ठुलो खोला हुँदै सडक सितापाईला जोडिने छ ।
तराईका जिल्लाहरूबाट राजधानी प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग निर्माणाधीन अवस्थामा रहेकोले अहिले सो सडकमा सवारी चाप समेत बढेको छ । विशेष गरी साना र दुई पाङ्ग्रे सवारी अहिले सो सडक हुँदै राजधानी प्रवेशका लागी जाने गरेका छन् ।
अब सडक स्तरोन्नति सहित कालोपत्रे भएपछि भने सबै प्रकारका सवारीका साधनहरू यही सडक हुँदै राजधानी प्रवेश गर्न सक्ने प्राविधिकहरूको भनाई छ । सडक कालोपत्रे सम्पन्न हुने अन्तिम भएसँगै सो सडक आसपासमा बसोबास गर्ने स्थानीय समेत निकै खुसी भएका छन् । हिउँदमा उड्ने धुलो र वर्षाको समयमा हुने हिलोका कारण पैदल हिँड्न समेत कठिन हुने ठाउँमा अब कालोपत्रे भए पछि त निकै सजिलो हुने स्थानीयको भनाई छ ।
सडक कालोपत्र भएसँगै धुनीवेशी नगरपालिकाको विकासले नै फड्को मार्ने नगरपालिकाका मेयर बालकृष्ण आचार्यको भनाई छ । तरकारी उत्पादनका लागी पकेट क्षेत्रको रूपमा मानिएको छत्रे देउराली र जीवनपुरका स्थानीयलाई त अब हरेक सिजनमा आफ्नो उत्पादन सहजै राजधानीका बजारहरूमा लग्न निकै सहज हुने भएको छ ।
धादिङतर्फबाट कालोपत्रे सुरु गरेको २४ किलोमिटर सडकमध्ये २२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भईसकेको छ ।
धादिङको धार्केदेखी काठमाण्डौको सितापाईलासम्मको सडक कालोपत्रेसहित स्तरोन्नतिका लागी सडक विभागले एक अर्ब तीन करोड खर्चेको सडक डिभिजन नुवाकोटका इन्जियर पुरुषोत्तम भण्डारीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया