मुख्यमन्त्री लामाको सय दिन : जनभावना अनुसार काम भएन
नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो सय दिनको उपलब्धि बुधबार सार्वजनिक गरेका छन् ।
हेटौंडामा आफ्नो नेतृत्वमा सरकारको गठन भएदेखि हालसम्मको निर्णय तथा उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले यसअवधिमा आफूले सरकारको जग बसाल्ने काम गरेको दाबी गरे ।
‘यसअवधिमा सरकारले फाउण्डेसन निर्माणको काम गरेको छ । अब नतीजामुखी काम देखिन्छ ।’, उनले कुनै पनि सरकार गठन भएको सय दिनमै उथलपुथल हुने गरी काम गर्न नसक्ने बताए । ‘विपद्को समयमा सरकारले धेरै काम गरेको छ । केन्द्रीय सरकारसँग नीति बाझिँदा केही समस्या भने पक्कै भएको छ,’ उनले भने ।
मुख्यमन्त्री लामाले अघिल्लो सरकारले ल्याएको बजेटका कारण आफ्नो भिजनअनुसार काम गर्न नसकिएको बताए । ‘बजेट एउटा सरकारले ल्यायो । अहिले कार्यान्वयन हामीले गर्नुपर्ने अवस्था छ । त्यसकारण जनभावनाअनुसार काम गर्न नसकिएको हो,’ उनले भने ।
मुख्यमन्त्री लामो प्रदेश सरकार नीतिगत सुधारको काम गरिरहेको दाबी गरे । ‘आवश्यक कानुन निर्माणका लागि सबै मन्त्रालयले गृहकार्य गरिरहनु भएको छ,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया