नुवाकोटको ककनीमा महिलालाई तातोपानी खन्याएको आरोपमा श्रीमान र सासु पक्राउ
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–३ चाउथेमा एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा एकै परिवारका चार जनाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
चाउथेकी कल्पना अधिकारी बजगाईलाई अमानवीय व्यवहार गर्दै तातोपानी समेत खन्याएको आरोप लागेपछि चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान अघि बढाएको हो ।
घटना १५ कात्तिकको हो । आफूमाथि तातोपानी खन्याएको भन्दै बुहारी कल्पनाले श्रीमान, सासु सीता बजगाईं, ससुरा रामहरि बजगाई र देउरानीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।
त्यस आधारमा अहिले उनका श्रीमान सिजन बजगाईं र सासु सीतालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको नुवाकोटका डीएसपी तथा प्रवक्ता तिलक भारतीले बताए ।
उनका अनुसार ससुरा र देउरानी फरार रहेकाले उनीहरुको पनि खोजी भइरहेको छ । पक्राउ परेकाहरुविद्ध अमानवीय व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया