नुवाकोटमा ९७ हजार रुपैयाँसहित ५ जुवाडे पक्राउ
विदुर खबर
२०८१ कार्तिक १९ गते २१:१६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ बाट जुवाको खालसहित ५ जना जुवाडे पक्राउ परेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ५ को माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय १० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया