लिखुमा भएको सडक र्दुघटनामा एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटमा लिखुमा भएको सडक र्दुघटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तादी गाँउपालिका वडा नम्बर ३ का ३६ वर्षिय बिनोद चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बिहीबार साँझ टोखा–छहरे सडक खण्ड अन्र्तगत लिखु गाउँपालिका वडा नम्बर ६ दोबाटेमा बा ५ ख ७०१६ नम्बरको आईचर ट्रकर र बिपरीत दिशाबाट आउदै गरेको बा ६२ प २८७९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल मोटरसाईकलमा सवार चौलागाईको मृत्यु भएको हो ।
उनको काठमाण्डौको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।
ढिकुरेबाट छहरेतर्फ जादै गरेको बा ५ ख ७०१६ नम्बरको आईचर ट्रकर र बिपरीत दिशाबाट आउदै गरेको बा ६२ प २८७९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना परेको थियो ।
र्दुघटनामा मोटरसाईकल चालक तादी गाउँपालिका वडा नम्बर ३ का राजाराम श्रेष्ठ र पैदलयात्री लिखु गाउँपालिका वडा नम्बर ५ का प्रशान्त गोतामे घाइते भएका छन् । उनीहरुको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
र्दुघटनापछि आईचर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया