मुख्यमन्त्रि लामाद्धारा खानेपानी डिभिजन कार्यालयको उद्घाटन
नुवाकोट । नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय स्थापना भएको छ ।
बागमती प्रदेश सरकारअन्तर्गतको उक्त कार्यालय आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्घाटन गरे । राज्य पुनःसंरचना पश्चात गाभिएका कार्यालयको कार्यक्षेत्र धेरै हुँदा योजना तथा कार्यक्रम गुणस्तरीय हुन नसकेको महसुस गरी कार्यालय विस्तार गरिएको मुख्यमन्त्री लामाले बताए ।
बागमती प्रदेश सरकारको गत असोज १९ गतेको निर्णय अनुसार विगतमा डिभिजन नं. २ धादिङको कार्यक्षेत्र अन्तर्गत नुवाकोट र रसुवा रहेका थिए । हाल रसुवाको लागि विदुरमा कार्यालय स्थापना गरिएको छ । नयाँ कार्यालय स्थापनासँगै नुवाकोट र रसुवाका लागि चालु आवदेखि कार्यान्वयन गर्न लागिएका योजना तथा कार्यक्रम, बजेट र कर्मचारी सुनिश्चित गरिएको छ ।
प्रदेशको ऊर्जा तथा सिँचाइ सचिव मोहनकुमार शाक्यकाअनुसार नुवाकोटमा सङ्घीय सरकारबाट प्राप्त ३२ वटा योजनाको लागि रु एक करोड ७५ लाख र प्रदेश सरकारबाट दुई सय २३ वटा योजनाका लागि रु २४ करोड ५६ लाख ६० हजार बजेटसहित डिभिजन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
रसुवाका लागि सङ्घीय सरकारबाट प्राप्त नौ वटा योजनाका लागि रु ५३ लाख र प्रदेश सरकारबाट ८९ वटा योजनाका लागि रु आठ करोड ४० लाख बजेट डिभिजन नं. ६ विदुरलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको छ ।
योजना तथा बजेटसहित दिलीपकुमार शाह प्रमुख रहने गरी डिभिजनका लागि आवश्यक कर्मचारीको प्रबन्ध मिलाएको जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया