टोखा–छहरे सडकखण्डमा हाईलक्स र्दुघटना हुँदा ६ जना घाईते
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ काफलडाँडामा हाईलक्स र्दुघटना हुँदा ६ जना घाइते भएका छन् ।
काठमाण्डौबाट लमजुङ तर्फ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको (पिपुल्स हाईड्रोपावर कम्पनि ) को हाईलक्स विहान ८ बजेतिर आफै अनियन्त्रित भई र्दुघटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
हाईलक्स सडकबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।
र्दुघटनामा परि घाइते हुनेहरुमा सवारी चालक काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर १ का ४६ वर्षिय विश्वनाथ अधिकारी, तारकेश्वर ९ मनमैजुका रामशरण अधिकारी, सोही स्थानका हरिकला खनाल, गायत्री खनाल, उपेन्द खनाल र नुवाकोट घर भई हाल काठमाण्डौको आगर्जुन नगरपालिका वडा नम्बर ३ बस्ने चन्द्रनाथ शर्मा रहेका छन् ।
घाइतेमध्ये रामशरण अधिकारीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।
उनीहरुलाई उद्दार गरी थप उपचारको लागि काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया