नुवाकोटको लिखु खोलामा पुरुषको शव फेला
विदुर खबर
२०८१ असोज १२ गते २२:२०
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ मा रहेको लिखु खोलामा अज्ञात पुरुषको शव फेला परेको छ ।
शनिवार साँझ खोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
लिखु गाँउपालिका वडा नम्बर ५ शेरा मोहनस्थित लिखु खोलाको किनारमा नाम,थर ,वतन नखुलेको पुरुषको लाश लिखु खोलाले बगाएर ल्याई किनारा लगाई राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।
मृतको व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिको लाश फेला पारिएको सुचना प्राप्त हुने बित्तिकै प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको थियो ।
शव पोष्टमार्टमको लागि त्रिशुली अस्पताल नुवाकोट राखिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया