लायन्स क्लब उर्जाशिल नुवाकोटद्धारा छात्रवासलाई खाद्यन्न सहयोग
नुवाकोट । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के अन्र्तगत रहेको लायन्स क्लब अफ उर्जाशिल नुवाकोटले विदुर २ मा रहेको आमाको माया छात्रवासलाई खाद्य सामाग्री उपलब्ध गराएको छ ।
सोमवार एक कार्यक्रमको आयोजना गरि लायन्स क्लब अफ उर्जाशिलले आमाको माया छात्रवासमा झण्डै २० हजार रुपैयाँ वरावरको खाद्य सामाग्री र म्याट सहयोग गरेको हो । वितरण गरिएको खाद्य सामाग्रीमा चामाल दाल, तेल, चिउरा लगायत छन् । त्यस्तै अन्यमा सावुन म्याट रहेको लायन्स क्लब अफ उर्जाशिल नुवाकोटका अध्यक्ष कृष्ण भट्टले जानकारी दिए ।
उनले छावासमा रहेका बालकहरुको लागि सानो सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस प्रकारका सहयोग निरन्तर रूपमा आगाडि बढाउँदै सामाजिक उतरदायित्व पुरा गर्ने प्रतिबद्धता व्यत्त गरे ।
कार्यक्रममा लायन्स क्लब श्री माछापोखरीका अध्यक्ष सजिना सिंह कार्की, लायन्स क्लब न्यु श्री माछापोखरीका अध्यक्ष रोजिता वस्ती, आश्रमबका संचालक सोमप्रसाद पाण्डे लगायत तीनवट्टै क्लबका पदाधिकारी लागयतको उपस्थिति रहेको थियो ।
विदुर २ शिवालयमा रहेको आमाको माया छात्रवासमा अहिले २० जना बालकहरुले आश्रय लिइरहेको छात्रवासका संरक्षक पाण्डेले जानकारी दिए । उनले विभिन्न क्लब र व्यक्तिहरुको सहयोग मार्फत छात्रवास संचालन भइरहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया