गेर्खुको सेतिदेवि मावि एसइईमा निल
विदुर खबर
२०८१ असार २२ गते ९:४७

नुवाकोट । गत साता सार्वजनिक भएको एसइई परिक्षाको नतिजामा विदुर नगरपालिकाको एक विद्यालयको नतिजा शून्य आएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको परिक्षा शाखा प्रमुख थपलियाका अनुसार विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रहेको सेतिदेवि मावि निल भएको हो ।
सेतिदेवि माविबाट ११ जना विद्यार्थीले परिक्षा दिएपनि कुनैपनि विद्यार्थी उतीर्ण हुन नसकेका हुन् । जिल्लामा रहेका अन्य ६ विद्यालय समेत निल भएका छन् ।
नुवाकोटबाट एसइईमा सहभागी कुल विद्यार्थी ४२.७ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
सहभागीमध्ये ५७.३० प्रतिशत अर्थात् दुई हजार एक सय ९९ विद्यार्थी ननग्रेड (अनुत्तीर्ण) भएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया