नुवाकोटमा विश्व रक्तदाता दिवसमा रक्तदाता सम्मानित
नुवाकोट । विश्व रक्तदाता दिवसको अवसर पारेर नुवाकोटमा सबैभन्दा बढी रक्तदान गर्ने संस्था र व्यत्ति सम्मानित भएका छन् ।
शुक्रवार जनस्वास्थ्य कार्यालय नुवाकोटले आयोजना गरेको सम्मान कार्यक्रममा जिल्लामा सबैभन्दा बढी रत्तदान गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले रगत दना गर्ने सबै रक्तदाताहरुलाई बाधाइ दिँदै आगामी दिनहरुमा पनि सहयोग गर्न आग्रह गरे । उनले रगत दान गर्नु नै पुण्य कमाउनु भएकाले सबैले रगत दिन तयार हुनुपर्ने बताए ।
यस्तै कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले चाहिएको समयमा पर्याप्त मात्रामा रगत नपाएको बताइन् । उनले बिदुर नगरपालिकाले स्वास्थ्य संघसंस्थासँग सम्बन्धित कार्यक्रमहरु बनाउँदा समन्वय गरेर अघि बढ्ने बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रगतको अभावमा कुनैपनि मानिसको जीवन बचाउन सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले रत्तदान आफै पुन्य काम भएकोले सबै एकजुट भएर अघि बढोमा जस्तोसुकै काम सफल हुने बताए ।
कार्यक्रममा सम्मानित हुने जन जागृति युवा क्लब तुप्चे अध्यक्ष राजकुमार रिजालले यस्ता सम्मानले क्लबलाई हौसल्ला मिलेको बताए । उनले शावश्यकता हेरेर क्लबले नियमित ३÷३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको बताए ।
यस्तै नुवाकोटबाट सबैभन्दा बढी ५१ पटक रक्तदान गर्ने रक्तदाता मछिन्द्रनरसिंह प्याकुरेलले नुवाकोटमा आकस्मिक र नियमित गरि दुई किसिमले रक्तदान कार्यक्रम भइरहेको बताए । उनले नुवाकोटमा मात्र नभई रसुवा र धादिङमा समेत रगतको अभाव भएको समयमा काम गरिरहेको उल्लेख गरे ।
यस्तै कर्यक्रममा नेपाल रेडक्रस नुवाकोटका जिल्ला सभापति हरि श्रेष्ठले नुवाकोटमा महिनामा २ सय प्रिन्ट रगत संकलन भइरहेको र जिल्लामा महिनाममा एक सय प्रिन्ट रगत खपत हुने गरेको बताए । उनले पछिल्लो समय देशभर रगतको माग बढिरहेकोले समयसमयमा रक्तदान कार्यक्रम गरिरहनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नुवाकोटमा सबैभन्दा बढी रगत्त संकलन गरेको भन्दै जन जागृत युवा क्लब विदुर ७ तुप्चे, समृद्ध नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई सम्मान गरिएको छ ।
त्यस्तै सबैभन्दा बढी महिलाबाट रक्तदान गराउने संस्थाहरुमा त्रिशली एजी चर्च विदुर ७ कोलनी, नेपाल रेडक्रस सोसाईटी काउले उपशाखा र मानव अधिकार शान्ति समाज नुवाकोट रहेका छन् ।
यस्तै व्यक्तिगत तर्फ सबैभन्दा बढी रत्तदान गर्ने मछिन्द्र नरसिंह प्याकुरेल, सुवास भण्डारी र निता थपलियालार्य समेत सम्मान गरिएको छ । प्याकुरेलले ५१, भण्डारीले २५ र थपलियाले २४ पटक रत्तदान गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया