विदुर नगरपालिकाले नेपाल र नेदरल्यान्डस्बीचको क्रिकेट खेल देखाउने
विदुर खबर
२०८१ जेठ २२ गते १७:०७
नुवाकोट । विदुर नगरपालिकाले बट्टारमा नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल देखाउने भएको छ ।
नगरपालिकाले नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा बट्टारमा खेलको प्रत्यक्ष प्रर्दशन गर्न लागेको हो ।
अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल डिजिटल स्क्रिनमा देखाउन लागेको नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।
नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको छ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो डिसप्लेको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए ।
विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्सँग राति ९ बजे खेल्दै छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया