बालिकालाई यौन कार्यमा लगाउने बेलकोटकी नेपाली पक्राउ
नुवाकोट । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा नुवाकोटको बेलकोटगढीकी एक महिलालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ बलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीया निशा भनिने रमिला नेपाली रहेकी छिन् । पक्राउ परेकी नेपालीलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ परेको हो ।
उनले काठमाडौंको मित्रपार्कमा ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालन गरी नाबालिकालाई उनीहरुको इच्छा विपरीत यौन क्रियाकलापमा लगाउने गरको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
नेपालीले आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको आरोप छ । दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाई रेष्टुरेन्ट सञ्चालकले रकम उठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ग्राहकले दिएकोमध्ये आधा रकम नाबालिकालाई दिने प्रलोभन देखाए पनि उक्त रकम समेत उनीहरुले नदिने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी नेपालीविरुद्ध मानव बेचखिन तथा आसोरपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया