नुवाकोटको दुप्चेश्वरमा बसको ठक्करबाट एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ राउतबेंसीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थानीय रुपसानी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय डिएसपी तिलक भारतीले जानकारी दिए । उनको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।
शनविार विहान ८ वजे दुप्चेश्वरको पुरगाउँबाट त्रिशुलीतर्फ आउदै गरेको बा २ ख ६३८१ नम्बरको बसले बिपरित दिशातर्फ बाट जादै गरेको बागमती प्रदेश ०२–०२० प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
वसको ठक्करबाट मोटरसाईकल चालक अक्सर तामाङ र उनकी श्रीमति रुपसानी तामाङ घाईते भएका थिए । घाइते भएका उनीहरुलाई तत्काल उपचारको लागि काठमाण्डौको ग्राण्डी अन्तराष्ट्रिय अस्पताल लगिएको थियो ।
घाइते अक्सर तामाङको उपचार भइहरको प्रहरीले जनाएको छ । घटना पश्चात बस लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा बस्ने मुनहरी मगर र बसलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया