कोरोना संक्रमणका कारण काठमाडौँका ८५ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हसनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्ध रहेका छन् । असार १७ गते मृत्यु भएका उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।

यससँगै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।