शुक्रबार ७४० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५ हजार

नुवाकोट । शुक्रबार कोरोना भाइरसका ७४० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार ७४० जना थप संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । शुक्रबार थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च हो ।

मन्त्रालयका अनुसार हालसम्म ६ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् ।  हालसम्म कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ ।