नुवाकोटमा १५ जनाले कोरोनालाई जिते, १२ जनाको रिपोर्ट आउनै बाँकी

विदुर । नुवाकोटमा कोरोना संक्रमण भएका १५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा उक्त संख्यामा संक्रमितहरु निको भएर फर्किएका हुन् । हालसम्म जिल्लामा २४ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये धेरैजसो त्रिशुली अस्पतालमा रहेको आइसोलेसनमा बसेका छन् । कार्यालयको अनुसार अहिले त्रिशुली अस्पताल र तादी अस्पतालमा गरि १० जना आइसोलेसन वार्डमा रहेका छन् । त्रिशुलीमा ८ जना र तादी गाउँपालिकाको खरानीटार अस्पतलामा एक जना रहेका छन् ।

कार्यालयका अनुसार अहिलेसम्म २ हजार ८ सय ७५ जनाको आरडिटी र ५ सय ७६ जनाको पिसिआर परिक्षण गरिएको छ । पिसिआर परिक्षणका लागि पठाएका १२ जनाको अझै रिपोर्ट आउनै बाँकी छ । जसमा ५ सय ४० जनाको पिसिआर नेगेटिभ देखिएको छ ।